वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वेतिथिमा लिप्त सरकार, १२ खर्ब पुग्यो वेरुजु

अर्थटुडे
२०८१ जेष्ठ १३, आईतवार

काठमाडौ । सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । यो चालु आर्थिक बर्षको कुल गार्हस्थ उत्पादन (जिडिपी) अनुमानको २०.७३ प्रतिशत छ । गत बुधबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक बर्षको जिडिपी ५७ खर्ब ५ अर्ब रुपैयाँँ छ ।

आइतबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०७९÷८० को प्रतिवेदन अनुसार गत आर्थिक वर्षको असारमसान्तसम्म संघ प्रदेश र स्थानीय तहसहित सबै सार्वजनिक संस्थानको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको हो ।
त्यसमध्ये नियमित गर्नु पर्ने बेरुजु ६८ प्रतिशत, असुल गर्नु पर्ने बेरुजु २४ प्रतिशत र पेश्की ६ प्रतिशत रहेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अघिल्लो बर्षको मात्र बेरुजु ९५ अर्ब ६० करोड रुपैयाँ रहेको छ । महालेख परिक्षकको कार्यालयले कुल ७८ खर्ब ८१ अर्बको लेखापरीक्षण गर्दा बेरुजु १.२ प्रतिशत देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आइतबार महालेखा परिक्षक तोयम रायले राष्ट्रपति रामचन्द्र पौडेललाई ६१ औं प्रतिवेदन बुझाएका हुन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ