वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यी हुन् दशैलाई लाभांस खुवाउने कम्पनीहरु

अर्थटुडे
२०७१ श्रावण २६, सोमबार

काठमाडौं । आर्थिक वर्ष २०७०\०७१ को समाप्तीसँगै सुचिकृत कम्पनीहरु धमाधम लाभांस घोषणा गर्न लागेका छन् । नेपाल स्टक एक्सचेन्जमा सुचिकृत २ सय ३९ कम्पनीमध्ये आधा दर्जन कम्पनीहरु दशै अगाडी नै साधारणसभा गरी लगानीकर्तालाई लाभांस खुवाउने तयारीमा लागेका छन् । हालसम्म तीन कम्पनीले आफ्नो नाफाबाट लाभांस घोषणा गरिसकेका छन् भने केही घोषणाको अन्तिम तयारीमा छन् ।

Dividend 2
युनिलिभर नेपाल, अरुण भ्याली हाइड्रोपावर, महालक्ष्मी फाइनान्स र फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले लाभांस घोषणा गरिसकेका छन् । घोषणा गरेको लाभांश नियामक निकायबाट स्विकृती र कम्पनीका वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गर्न पाउनेछन् । दशैमा लाभांस खुवाउनका लागि उनीहरुले दशै अगाडी नै साधारणसभा सम्पन्न गर्नेछन् ।

यसबाहेक नविल बैंक, चिलिमे हाइड्रोपावर, सिटिजन्स् बैंक, एभरेष्ट बैंकलगायतका कम्पनीहरु पनि लाभांस घोषणको तयारीमा छन् । उनीहरुले दशै अघि साधारणसभा सम्पन्न गरी सेयरधनीलाई लाभांस वितरण गर्ने तयारीमा रहेका छन् ।

युनिलिभर नेपालले आव २०७०\०७१ को नाफाबाट सेयरधनीलाई ८ सय ६० प्रतिशत नगद लाभांस दिने घोषणा गरिसकेको छ । कम्पनीको सञ्चालक समितिले गरेको उक्त निर्णय आगामी साधारणसभाबाट पारित गरेपछि लागू हुनेछ । यसैगरी अरुण भ्यालीले १० प्रतिशत वोनस सेयर दिने निर्णय गरेको छ ।

महालक्ष्मी फाइनान्सले १३ प्रतिशत र फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले १५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ । उक्त लाभांस प्रस्ताव राष्ट्र बैंकको स्विकृती र कम्पनीको साधारणसभाबाट पारित भएपछि वितरण गर्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ