वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पक्राउ परेको दुई दिनमै छुटे बालमन्दिरका पूर्वउपाध्यक्ष

अर्थटुडे
२०८१ जेष्ठ २७, आईतवार

काठमाडौं । नक्सालस्थित बाल मन्दिरको जग्गा सस्तोमा लिजमा दिएको प्रकरणमा पक्राउ परेका नेपाल बाल संगठनका पूर्वउपाध्यक्ष तुल्सीनारायण श्रेष्ठ दुई दिनमै छुटेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिइसकेको भन्दै श्रेष्ठलाई दुई दिनमै छाडेको हो । सीआईबीका एसपी होविन्द्र बोगटीले जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिने प्रक्रिया सकिएपछि आवश्यक परेका बेला फेरि उपस्थित हुने गरी छाडिएको बताए ।

उनले भने, ‘अरू व्यक्तिहरू पनि पक्राउ पर्न बाँकी रहेकाले चाहिएका बेला फेरि उपस्थित हुने गरी छाडिएको हो ।’ प्रहरीले बाल मन्दिरको जग्गा भाडा प्रकरणमा एक महिनाअघि नै २० जनाविरुद्ध पक्राउ पुर्जी लिएको थियो । तर कोही पक्राउ परेका थिएनन् ।

बाल मन्दिरमा झण्डै तीन दशक नेतृत्वमा रहेकी रिता सिंह सहितविरुद्ध पक्राउ पुर्जी जारी भए पनि प्रहरीले कसैलाई नियन्त्रणमा लिएको थिएन । पक्राउ गरेर अनुसन्धान गरिरहनु पर्ने नदेखिएको भन्दै सीआईबीले कसैलाई पक्राउ नगर्ने नीति लिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ