वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुमारी बैंकको नाफा १७ % बढ्यो

अर्थटुडे
२०७१ श्रावण २७, मंगलवार

काठमाडौं । कुमारी बैंकले आर्थिक वर्ष २०७०\७१ मा ३४ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवमा २९ करोड १४ लाख रुपैयाँ नाफा गरेका बैंकको गत आवमा तुलनामा १७ प्रतिशत बढी हो । बैंकको सम्भावित जोखिम वापत छुट्याएको ७ करोड २१ लाख रुपैयाँ फिर्ता भएपछि बैंकको नाफा बढेको हो ।

kumari bank

आव २०७०\७१ मा बैंकले २३ करोड ४४ लाख रुपैयाँ जोखिम व्यवस्था वापत छुट्याएको छ । यस अवधिमा बैंकले २७ अर्व ५८ करोड निक्षेप संकलन गरी २२ अर्व ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल १ अर्व ८२ करोड चुक्ता पुँजी रहेको बैंकलाई पुँजी बढाउने दवाव छ । नेपाल राष्ट्र बैंकले तोकिएको चुक्ता पुँजी नपु¥याउने बैंक तथा वित्तीय संस्थालाई लाभांस वितरणमा रोक लगाउने चालु आवको मौद्रिक नीतिमार्फत घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ