वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लक्ष्मी लघुवित्तको सेयर बाँडफाँडपत्र र रकम भुक्तानी आजदेखि

अर्थटुडे
२०७१ श्रावण २७, मंगलवार

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तिय संस्थाले मंगलबार (आज) देखि सेयर बाँडफाँडपत्र वितरण र रकम भुक्तानी गर्ने भएको छ ।

laxmi logoकम्पनीको साधारण सेयरमा आवेदन गरेका सर्वसाधारणले आफूले आवेदन दिएका संकलन केन्द्रबाट सेयर बाँडफाँडपत्र र सेयर नपरेको रकमको भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ ।
भुक्तानीका लागि आवेदकले दरखास्त फारमको अर्धकट्टी, रसिद र परिचयपत्र समेत पेश गर्नुपर्ने छ । यसैगरी स्वयं उपस्थित हुन नसक्ने आवेदकले भने फारमको अर्धकट्टीको पछाडी मन्जुरीनामा दिनुपर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले एक सय रुपैयाँ अंकित ३ लाख कित्ता साधारण सेयर साउन २१ गते बाँडफाँड गरेको थियो । जसमा कर्मचारीका लागि ९ हजार कित्ता र सामुहिक लगानी कोषका लागि १५ हजार कित्ता सुरक्षित गरिएको थियो ।
कम्पनीको सेयरमा ४० गुणा बढी आवदेन परेपछि १० हजार ५० कित्ता भन्दा कम आवेदनगर्नेलाई गोलाप्रथाबाट बाँडफाड गरेको थियो । कम्पनीको सेयर निष्कासन तथा विक्रि प्रबन्धको रुपमा नविल इन्भेष्टमेन्ट बैकिङ रहेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ