वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लघु अनुदानका लागि १९३ आयोजनाको प्रस्ताव

अर्थटुडे
२०७१ श्रावण २८, बुधबार

बागलुङ । कृषिको व्यवसायीकरणका लागि जिल्लामा सुरु भएको लघु अनुदान कार्यक्रमका लागि १९३ आयोजनाको प्रस्तावसहित आवेदन परेको छ ।

कृषि मन्त्रालयद्वारा सञ्चालित व्यावसायिक कृषि तथा व्यापार आयोजनाअन्तर्गत सुरु भएको उक्त कार्यक्रमका लागि कृषक समूह, सहकारी तथा कृषि उद्यमीबाट गरी १९३ आयोजना प्रस्ताव आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कृषक समूह, सहकारी र उद्यमीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि पूरक अनुदान कार्यक्रम सुरु भएपछि आवेदन दिनेको सङ्ख्या बढेको हो । यसअघि गत साउन ८ गतेसम्म प्रस्ताव पेस गर्नका लागि अवधि तोकिए पनि पछि पुनः साउन २३ गतेसम्म आवेदन माग गरिएको थियो ।

अनुदानका लागि जिल्लामा कृषि र पशु सेवातर्फ गरी पाँच कृषिउपज (मूल्य शृङ्खला) कायम गरिएकामा कृषितर्फ ६६ र पशु सेवातर्फ १२७ आयोजना प्रस्ताव आएको कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत भरत खड्काले जानकारी दिए ।
कृषि विकासतर्फ सुन्तला, अदुवा र ताजा तरकारी उत्पादन र पशु सेवातर्फ दूध उत्पादनमा गाई, भैँसी तथा मासुजन्यमा बाख्रापालनका लागि कृषकले आयोजना प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ