वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दोलखाबासी सवैलाई दामासही सेयर

अर्थटुडे
२०७१ श्रावण २८, बुधबार

सेयर किन्न आयोजना जमानी बस्न सक्तैनः आयोजना प्रमूख

काठमाडौं । अपर तामाकोसी हाइड्रोपावरको सेयर सवै दोलखावासीले पाउने भएका छन् । जिल्लाका सवै नागरिकले पाउने न्युनतम सेयर ग्यारेन्टी गर्ने र बाँकी रहेका सेयर सवै जिल्लाबासीलाई दामासही रुपमा नै बाड्ने गरी सेयर बाँडफाँड मोडालीटी तयार पारिएको आयोजना प्रमूख विज्ञान श्रेष्ठले जानकारी दिएका छन् ।

सवै दोलखाबासीले न्युनतम कति कित्ता सेयर पाउने हो त्यो ग्यारेन्टी गरिन्छ कसैले खरिद नगरी बाँकी रहे जिल्लाकै अन्य इच्छुक व्यक्तिहरुले दामासही रुपमा खरिद गर्न पाउँनेछन् आयोजना प्रमूख श्रेष्ठले भने ।

आयोजनाको सेयर खरिद गर्नका लागि दोलखाबासी भएको प्रमाणपत्र भने पेश गर्नुपर्ने छ । दोलखाबासीका लागि दिइने १० प्रतिशत सेयर प्रतिव्यक्ति ५० देखि ५०० कित्ता सेयर खरिद गर्न पाउने प्रति स्थाीयबासीले आपत्ति जनाएका थिए ।

आयोजनाले कुल सेयरको १० प्रतिशत अर्थात १ अर्व ५ करोड ९० लाख रुपैयाँबराबरको सेयर दोलखावासीलाई छुट्याएको छ । सवै जिल्लावासीले सेयर खरिद गर्नका लागि आयोजनाले नै स्रोतको व्यवस्था गरिदिनुपर्ने स्थानीयवासीको मागाई भने अस्विकार गरेको छ ।

हामीले आफूसँग पैसा नभएर आयोजना निर्माणका लागि स्रोत जुटाउन सेयर विक्रि गर्न लागेका हौ आयोजना नै जमानी बसेर सेयर किन्नका लागि ऋण मिलाइदिने भन्नेकुरा हुदैन आयोजना प्रमूख श्रेष्ठले भने । सेयर किन्नका लागि स्थानीयले नै पैसाको व्यवस्था गर्नुपर्छ श्रेष्ठले भने ।

अपर तामाकोसीले दोलखवासीका लागि छुट्याएको सेयर दशैअघि नै विक्रि गर्न लागेको छ । धितोपत्रबोर्डमा विवरण वुझाएर चाडै नै सेयर निष्कासनको स्वीकृति लिने तयारी भएको श्रेष्ठको भनाई रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ