वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इन्भेष्टमेन्ट बैंक र नेपाल आवास फाइनान्स कम्पनीको सेयर विक्रि गर्दै रावा बैंक

अर्थटुडे
२०७१ श्रावण २८, बुधबार

काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल आवास फाइनान्स कम्पनीको प्रबर्द्धक सेयर विक्रि गर्ने भएको छ । सो सेयर बिक्रीका लागि निस्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

बैंकले र नबिल इन्भेष्टमेन्टविच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकका ट्रेजरी विभाग प्रमुख भुपेन्द्र पाण्डे र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले हस्ताक्षर गरेका हुन् ।

राष्ट्रिय बाणिज्य बैंकसँग नेपाल इन्भेष्टमेन्ट बैंकको ६२ लाख २० हजार ६६ कित्ता प्रबर्द्धक सेयर छ। साथै नेपाल आवास फाइनान्सको एक लाख ९८ हजार चार सय ९७ कित्ता पनि प्रबर्द्धक सेयर छ। बैंकले यि सेयरहरु बोलकबोल माध्यमबाट बिक्री गर्ने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ