वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकर रविनालाई अन्तर्राष्ट्रिय २१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड

अर्थटुडे
२०७१ श्रावण २८, बुधबार

काठमाडौं । मेगा बैंककी नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठले मलेसियाबाट प्रदान गरिने अन्तर्राष्ट्रिय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ जितेकी छिन् । देशको आर्थिक विकास, मानवीयता तथा सामाजिक कार्यमा विशेष योगदान पुराएका कारण उनलाई उक्त अवार्डबाट पुरस्कृत गरिएको हो ।

Raveena-Deshraj-Shrestha
एसियाका एक उत्कृष्ट महिलालाई प्रदान गरिने यो अवार्डका लागि ३२ राष्ट्रका सफल महिला, उद्यमी एवं व्यवसायीहरु प्रतिस्पर्धामा थिए । अवार्ड आउने भदौ २१ गते मलेसियाको राजधानी क्वालाम्पुरस्थित दि प्यालेस अफ गोल्डेन हर्सेसमा भव्य समारोहका बीच प्रदान गरिनेछ ।

अवार्डबाट आफू अत्यन्तै उत्साहित भएको श्रेष्ठले बताइन् । ‘बैंकिङ क्षेत्र, अझ त्यसमा पनि ग्रामीण बैंकिङमा निरन्तर दुई दशकसम्म मैले पुराएको योगदानको कदरका रुपमा मैले यसलाई लिएको छु,’ उनले भनिन्, ‘यो म जस्ता संघर्षशील सबै नेपाली महिलाको जित हो ।’

भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठले स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसकेकी छिन् । यसअघि पनि उनले बैंकिङ तथा सामाजिक क्षेत्रका थुप्रै पुरस्कार तथा सम्मान पाइसक्नुभएको छ ।

नेपाली महिलाले यो अवार्ड पाएको पहिलो हो । इप्लानेट प्रालिका सन्तोष सापकोटाको आधिकारिक पहलमा नेपालको तर्फबाट श्रेष्ठको नाम मनोनयनका लागि पठाइएको थियो ।

सन् २०११ मा स्थापित एसिया एक्सिलेन्स इन्टरप्रेनुअर फेडेरेसन (इइइएफ) ले विभिन्न देशका महिलामध्येबाट उत्कृष्ट महिलालाई छानेर हरेक बर्ष यो अवार्ड प्रदान गर्ने गर्छ । मलेसियामा मुख्यालय रहेको एइइएफका संस्थापक प्रोफेसर डाटो सेरी पादुका र डा. रोविन तान हुन् । संस्थामा मलेसियाबाहेक चीन, हङकङ र ताइवानका व्यक्तिहरु आबद्ध छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ