वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लक्ष्मी बैक र मर्सि कोप्र्सविच सम्झौता, दुर्गम जिल्लाहरुमा शाखा खोल्न सहयोग

अर्थटुडे
२०७१ श्रावण २९, बिहीबार

काठमाडौं । नेपालका वित्तिय पहुँच नपुगेका तीन स्थानमा लक्ष्मी बैंकले शाखा खोल्नका लागि मर्सी कोप्र्ससँग सम्झौता गरेको छ ।
DSC_4914बैकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्क र मर्सि कोप्र्सका नेपाल प्रतिनिधि संजय कार्कीबीच भएको सम्झौतामा नेपालमा बैकिङ्क पहुच नभएको दुर्गम जिल्लाहरु भोजपुर, सल्यान र रुकुममा शाखा खोली संचालन गर्ने सहमति भएको छ ।

समझदारीमा अनुसार मर्सि कोप्र्सका तर्फबाट लक्ष्मी बैक लाई उक्त शाखा संचालन गर्दा लाग्ने केहि संचालन खर्च जुलाई २०१५ सम्म डिफआइडिको “सफल” प्रोजेक्ट मार्फत उक्त दुर्गम जिल्लाहरुमा बैकिङ्क पहुच पुरयाई सेवाको साथै कर्जा सुबिधा समेत प्रदान गरिनेछ । बैंकले उक्त क्षेत्रका ३ हजार ४ सय ८६ जना लाई करिब १० करोड ९० लाख रुपैया बराबरको कर्जा प्रवाह गर्ने लक्ष्य राखेको छ ।

सहमतिले देशभरि शाखा संजालको बिस्तारमा र स–साना कर्जाको क्षेत्रमा गरिने लगानीको लक्ष्य पुरा गर्नलाई मद्दत पुग्ने बैंकले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ