वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोरियाको रोजगारीका लागि युवाहरुको आकर्षण, पहिलो दिन नै १९ हजारले भरे इपीएस फर्म

अर्थटुडे
२०७१ श्रावण २९, बिहीबार

काठमाडौं ।रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरिया जान लिइने भाषा परिक्षा  फर्म खुलेको पहिलो दिनमा नै १९ हजार ४ सय २८ जनाले भरेका छन् । दोस्रो दिन पानी परिरहेपनि युवाहरु झरीमा रुझ्दै फर्म भर्नका लागि लाइनमा बसेका छन् ।

koria

पहिलो आकर्षण गन्तव्य मुलुक मनिने कोरिया जान सवै फर्म वितरण केन्द्रमा नै मंगलबार दिउसो देखि नै युवाहरु लाइनमा बसेका थिए । श्रम तथा रोजगार मन्त्रालयका अनुसासार उपत्यकाका ३ वटा वितरण केन्द्रबाट १२ हजार ११९ जनाले फर्म भरेका छन् ।

सवैभन्दा बढी फर्म च्यासल फुटवल खेलमैदान ग्वार्कोबाट भरेका छन् । च्यासलबाट ४ हजार ९८९, एक्मी इन्जिनियरिङ कलेज सितापाइलाबाट ३ हजार ६८८ ,ल्याब्रोटरी उच्च मावि किर्तिपुरबाट ३ हजार ३४ युवाले फर्म भरेका छन् ।
कारोबार दैनिकबाट

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ