वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनबी बैंकको छैठौ शाखारहित सेवा ढिकुरेमा

अर्थटुडे
२०७१ जेष्ठ २०, मंगलवार

काठमाडौं । नेपाल बंगलादेश बैंक (एनबी बैंक) ले आफ्नो छैठौँ शाखाको रुपमा नुवाकोटको खानिगाउँ ढिकुरेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकका सहायक महाप्रबन्धक रामेश्वर शर्मा अर्यालले मंगलबार सेवाको उद्घाटन गरे ।

बैंकले स्थानीय ठाकुरप्रसाद लामिछानेलाई प्रतिनिधि नियुक्त गरेको छ । सेवाअन्तर्गत ग्राहकहरूले खाता खोल्ने, रकम जम्मा गर्ने, भुक्तानी प्राप्त गर्ने, उपभोग्य सेवाको बिल भुक्तानी गर्ने जस्ता सीमित बैंकिङ सेवा प्राप्त गर्न सक्ने छन् । बैंकले हाल २४ शाखा, ६ शाखारहित बैंकिङ र ३२ वटा एटीएमबाट सेवा दिइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ