वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कालिञ्चोकको सेयरमा ३२ गुणा बढी आवेदन

अर्थटुडे
२०७१ श्रावण २९, बिहीबार

Kalinchowk Development Bank Logo

काठमाडौं । कालिञ्चोक डेभलपमेन्ट बैंकले जारी गरेको साधारण सेयरमा करिव ३२ गुणा बढी आवेदन परेको छ । बैंकले ४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरेकोमा  १ अर्व ४५ करोड ९० लाख रुपैयाँ भन्दा बढीको आवेदन परेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिए ।

दोलखामा मुख्य कार्यालय रहेको बैंकको कार्यक्षेत्र दोलखाका साथै सिन्धुली र रामेछाप कार्यक्षेत्र रहेको छ । हाल ५ करोड १० लाख पुँजी रहेको बैंकको उक्त सेयर निष्कासनपछि पुँजी १० करोड पुग्नेछ ।

साउन २१ गतेदेखि २७ गतेसम्म बिक्री खुल्ला भएको उक्त सेयरको निष्काशन तथा विक्री प्रवन्धकका रुपमा ग्रोमर मर्चेन्ट बैंकले काम गरेको थियो ।

इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा बैंकले ४ नम्बर पाएको छ । इक्राले एक देखि पाँच नम्बर दिन्छ । जसमा एक नम्बर अत्यन्तै बलियो हो भने पाँच नम्बर कमजोर हो ।

आर्थिक वर्ष २०७०\०७१ चैत मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले १८ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको कोषमा ३६ लाख २० हजार रहेको छ ।
यसैबिच बैंकका सिईओ शिवाकोटीले अर्थसन्सारसँग कुराकानीगर्दै आगामी आर्थिक वर्ष सेयरधनीलाई आकर्षक प्रतिफल दिने प्रतिवद्धता जनाए ।

उनको पुरा अन्र्तवार्ता पढ्न यहा क्लिक गर्नुहोस् 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ