वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल ग्रमीण विकास बैंकको कारोबार आजदेखि सुरु ,मर्जपछि पनि १९ करोड सञ्चित नोक्सानी

अर्थटुडे
२०७१ श्रावण ३०, शुक्रबार

काठमाडौं । सरकारी स्वामित्वमा रहेको पाँचवटा ग्रामिण विकास बैंक गाभिएर बनेको नेपाल ग्रामिण विकास बैंकले शुक्रवारदेखि एकीकृत कारोबार गर्दैछ ।

संस्थाहरु छुट्टाछुटै सञ्चालन हुदा सरकारलाई वित्तिय भार परेको भन्दै मर्ज हुनका लागि सरकारले नै पहल गरेका कारण ति संस्थाहरुलाई गाभेर राष्ट्रियस्तरको ग्रामीण विकास बैंक बनाइएको हो ।

ति संस्थाहरुलाई गाभेर नेपाल ग्रामीण विकास बैंक बन्नकालागि नेपाल राष्ट्र बैंकले गत असार १६ गते अन्तिम स्वीकृति दिएको थियो । पाँच वटा ग्रामीण विकास बैंकमध्ये ३ वटा ग्रमीण विकास बैंकको वित्तिय अवस्था अत्यधिक नाजुक भएपछि सरकारले १२ वर्षदेखि ती बैंकको नोक्सानी व्याहोर्दै आएको थियो ।

पाँचवटै विकास बैंक मर्ज हुदा पनि बैंकको सञ्चित नोक्सानी १९ करोड हुन्छ । मर्ज पछि सो बैंकको चुक्तापुँजी ६५ करोड ५० लाख रुपैयाँ छ । पाँच ग्रामीणबैंकले ६५ जिल्लामा सेवा दिइरहेका छन् । मर्जसँगै शाखा सञ्जाल १ सय ९० वटापुगेको छ । बैंकलार्इ ७५ जिल्लामा पुर्याउने सरकारी लक्ष्य छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ