वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आरविआइले भारतीय रुपैयाँको सिमा बढायो, बार्षिक ६ अर्व रुपैयाँ भारु दिने

अर्थटुडे
२०७१ श्रावण ३०, शुक्रबार

काठमाडौं। रिजर्भ बैंक अफ इन्डिया (आरबिआइ) ले नेपाललाई अव बार्षिक ६ अर्व रुपैयाँ भारु दिने भएको छ । बार्षिक ५ अर्व रुपैयाँ दिदै आएको आरविआइले नेपाल राष्ट्र बैंकको विषेष पहलमा यो वर्षदेखि १ अर्व रुपैयाँ थपी ६ अर्व दिने भएको हो ।baru

पछिल्लो सयमा भारतीय रुपैयाँको मौज्दात बढ्दै गएको छ । राष्ट्र बैंकले भारतीय ऋणपत्रहरुमा लगानी बढाएका कारण पनि भारतीय रुपैयाँको मौज्दात बढ्दै गएको हो ।

जेठ मसान्तसम्ममा ८९ खर्ब ५९ भारतीय रुपैयाँ सञ्चिति छ, जुन अघिल्लो बर्षको तुलनामा २०.२ प्रतिशतको बृद्धि हो। असार मसान्तसम्म यो थप बढेको छ।

भारतीय रुपैयाँको मौज्दात बढेपछि अव सर्वसाधरणले मागे जति रुपैयाँ पाउने छन् । राष्ट्र बैंकले भारुको मौज्दात बढेपछि सर्वसाधारणलाई पढ्न, उपचार गर्न र घुम्नका लागि उपलब्ध गराउने भारुको सीमा पनि बढाएको छ। राष्ट्र बैंकले भिसा कार्डबाट भारु झिक्ने सीमा पनि फराकिलो बनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ