वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पुँजी नपुर्याउने बैंकहरुलाई नगद लाभांस वितरण र शाखा विस्तारमा रोक, निक्षेप र कर्जा लगानीमा पनि कडाइ

अर्थटुडे
२०७१ श्रावण ३०, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको चुक्तापुँजी नपुर्याउने बैंक तथा वित्तिय संस्थाहरुलाई नगद लाभांस वितरण र नयाँ शाखा खोल्न रोक लगाएको छ । शुक्रबार निर्देशन जारी गर्दै केन्द्रीय बैंकले पुँजी नपुगेका बैंकहरुलाई निक्षेप संकलन र कर्जा लगानीमा पनि सिमा तोकेको छ । ७ वटा बाणिज्य बैंक, २४ वटा विकास बैंक र १८ फाइनान्स गरी ५१ वटा कम्पनीले तोकिएको चुक्ता पुँजी कायम नगरेकाले कारवाही भोग्नुपर्ने भएको छ ।

nepal rastra bank

निर्देशन अनुसार असारसम्ममा तोकिएको चुक्ता कायम गर्न नसकेका बैंक तथा वित्तीय संस्थाले अब नगद लाभांस वितरण गर्न र नयाँ शाखा खोल्न पाउने छैनन् । यसैगरी भदौसम्ममा संकलन गरेको निक्षेपको ५ प्रतिशत बढी मात्र निक्षेप संकलन गर्न पाउने र भदौसम्ममा लगानी गरेको कर्जाको सिमासम्म मात्र लगानी गर्न पाउनेछन् ।

केन्द्रीय बैकले २०७० असार मसान्तसम्ममा बाणिज्य बैंकहरुले २ अर्व, राष्ट्रियस्तरका विकास बैंकले ६४ करोड, १० जिल्ले विकास बैंकले २० करोड र त्यसभन्दा कम कार्यक्षेत्र भएका विकास बैंकले १० करोड चुक्तापुँजी कायम गर्न निर्देशन दिएको थियो । यसैगरी राष्ट्रियस्तरका फाइनान्स कम्पनीले २० करोड र क्षेत्रीयस्तरका कम्पनीले १० करोड पुँजी पुर्याउनुपर्ने निर्देशन दिएको थियो ।

को को परे कारवाहीमा
चुक्ता पुजी नपुर्याउने कारवाहीमा पर्ने बाणिज्य बैंकहरुमा बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, लुम्बिनी बैंक, नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक, सिद्धार्थ बैंक परेका छन् । बैंक अफ काठमाण्डू भने अन्य तिनवटा वित्तीय संस्थासँग मर्जरको प्रक्रियामा छ ।

पुँजी नपुर्याउने फाइनान्समा नेपाल आवास, नेपाल फाइनान्स, काठमाडौं, युनियन, नेपाल हाउजिङ, श्रीइन्भेष्टमेन्ट, ललितपुर, प्रोग्रेसिभ, सेन्ट्रल, प्रिमियर, अरुण, श्रृजना, गुहेश्वरी मर्चेन्ट, पाटन, भक्तपुर, सगरमाथामाथा मर्चेन्ट र नेपाल एक्सप्रेस फाइनान्स छन् ।

तोकिएको चुक्तापुँजी नपुर्याउने संस्थाहरुले नाफाबाट बोनस सेयर वा हकप्रद सेयर निष्काशन गर्नुपर्ने हुन्छ । दुवै गर्न नसक्ने संस्था मर्जर वा एक्विजिसनमा जानुपर्ने हुन्छ । पुँजी नपुर्याउने केही संस्था बोनस र हकप्रद वितरण गर्ने योजनामा छन् कतिपय मर्जरमा जाने तयार गर्दैछन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ