वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घुस लिदालिदै सम्पति शुद्धिकरण विभागका अधिकृत चालिसे पक्राउ

अर्थटुडे
२०७१ श्रावण ३१, शनिबार

काठमाडौं । सम्पति शुद्धिकरण अनुसन्धान विभागका शाखा अधिकृत शम्भु चालिसे १० लाख रुपैयाँ घुस लिदालिदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई भैसेपाटीस्थित निवासबाटै शनिबार रंगेहात पक्राउ गरेको हो । विभागले अनुसन्धान गरिरहेको एक मुद्दाका प्रतिवादीलाई मिलाईदिने भन्दै उनले घुस मागेका थिए ।

aktiyarसम्पति शुद्धिकरण अनुसन्धान विभागले अवैध, गैरकानुनी एवं आपराधिक कार्यबाट कमाएको र स्रोत नखुलेको सम्पतिबारे अनुसन्धान गरी कारवाही गर्दै आएको छ । आतंकवादी क्रियाकलापमा वित्तीय लगानी विषयमा अनुसन्धान गर्न सरकारले अर्थ मन्त्रालय अन्तर्गत विभाग गठन गरिएको हो । विभागले नेपाल राष्ट्र बैंक अन्र्तगत रहेको वित्तीय जानकारी इकाईबाट सूचना प्राप्त भएपछि अनुसन्धान गर्दै आएको छ ।

पछिल्लो समयमा मुद्दा मिलाइदिने, गैरकानुनी सम्पतिलाई शुद्ध बनाइदिने भन्दै विभागका कर्मचारीले घुस माग्ने गरेको भन्दै अख्तियारमा गोप्य उजुरी परेपछि विभागका कर्मचारीमाथी निगरानी बढाइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ