काठमाडौं । भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरले आफ्नो सातौ शाखा अनामनगरमा खोलेको छ । शनिवार शाखाको औपचारीक रुपमा उद्घाटन गर्दै भाटभटेनी सुपर मार्केटका अध्यक्ष एवं प्रबन्ध निर्देशक मिनबहादुर शेरचनले यही भदौमा नै गोंगवु र कलंकीमा पनि शाखा खोल्ने बताए । यसअघि भाटभटेनीका काठमाडौंमा पाँच तथा पोखरामा एक शाखा थिए ।
भाटभटेनीले अनामनगर शाखाको शुभारम्भको अवसरमा ग्राहकहरुलाई सबै प्रकारका सामानको विक्रीमा १० प्रतिशत छुट दिइने जानकारी दिएको छ ।
अनामनगर शाखामा अन्य शाखामा जस्तै दैनिक आवश्यकताका सबै सामग्रीका साथै लुगाकपडा, श्रृंगार सामग्री, इलेक्ट्रोनिक्सका सामान, फर्निचर, खाद्यवस्तुल गायत सम्पूर्ण सामान उपलव्ध हुने पनि भाटभटेनीले जनाएको छ ।
भाटभटेनीको सातौ शाखा अनामनगरमा
२०७१ श्रावण ३१, शनिबार
प्रतिक्रिया