वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिन्धुपाल्चोकका दुइ हिमाल आरोहणका लागि खुल्ला

अर्थटुडे
२०७१ जेष्ठ २०, मंगलवार

सिन्धुपाल्चोक । सरकारले पहिलोपटक दुई हिमाल आरोहण खुला गरेको छ। पछिल्लोपटक एक सय चार हिमालमा आरोहण अनुमति दिँदा यहाँका याङ्ग्री र लेन्पोगाङ (इस्ट) परेका हुन्।

जुगल हिमशृंखलामा पर्ने दुवै हिमाल जिल्लाका उत्तरपूर्वी गुम्बा गाविसमा छन्। जुगल राजधानी काठमाडौंबाट सबैभन्दा नजिक पर्ने हिमशृंखलाको रुपमा चिनिँदै आएको छ। पर्यटन प्रवर्द्धकहरुको लामो प्रयासपछि दुई हिमालले पर्वतारोहण अनुमति पाएका हुन् ।

याङ्ग्री ६ हजार ६ सय ३५ र लेन्पोगाङ हिमाल ६ हजार ६ सय ३३ मिटर अग्लो छ । यसअघि जिल्लाको सबैभन्दा अग्लो हिमाल दोर्जे लाक्पा (६ हजार नौ सय ६६ मिटर) ले आरोहण अनुमति पाए पनि सिन्धुपाल्चोकबाट चढ्ने अनुमति छैन। यो हिमाल रसुवा जिल्लाबाट आरोहण गर्न पाइन्छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ