वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्राण्ड बैंक १६० करोड घाटामा, लगानीकर्तामा निरासा

अर्थटुडे
२०७१ भाद्र १, आईतवार

काठमाडौं । गत आर्थिक वर्षमा ग्राण्ड बैंक एक अर्व ६० करोड घाटामा गएको छ । गत आर्थिक वर्षको अपरिष्कृत वित्तिय विवरण अनुसार अघिल्लो आर्थिक वर्षमा ११ करोड ७३ लाख रुपैयाँ नाफामा रहेको थियो । grand logo
बैंकले सम्भावित जोखिम व्यवस्थापन कोषमा ठुलो रकम छुट्याउन परेपछि बैंक घाटामा गएको हो । बैंकको जोखिमपूर्ण कर्जा १९.०९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सो कर्जा ३.५२ प्रतिशत रहेको थियो ।
जोखिम व्यवस्थापनका लागि ग्राण्ड बैंकले १ अर्ब ९३ करोड रुपैयाँ छुट्याएको छ । अघिल्लो वर्ष बैंकले २७ करोड ८७ लाख रुपैयाँ मात्र सम्भावित जोखिम व्यवस्थानको लागि छुट्याएको थियो ।

बैंकको प्रतिशेयर आम्दानी (वाषिर्क) ८० रुपैयाँ ३३ ऋणात्मक रहेको छ ।
बैंकले गत आर्थिक बर्षमा २१ अर्ब २० करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब १४ करोड ९९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसमध्ये रियल स्टेटमा २ अर्ब ६३ करोड ९० लाख रुपैयाँ कर्जा प्रबाह गरेको छ ।
बैंक घाटामा र्गपछि यसका लगानीकर्ता भने निरास भएका छन् । जोखिम व्यवस्थापनका लागि छुट्याइएको रकम निष्कृय कर्जामा परिणत भएमा लगानीकर्ताहरु आफ्नो लगानी गुमाउनुपर्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ