वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाणिज्य बैंकको नाफा १ अर्व ३१ करोड, नेपाल बैंकको नाफा पनि १ अर्व २४ करोड

अर्थटुडे
२०७१ भाद्र १, आईतवार

काठमाडौं । राष्टिय बाणिज्य बैंकले गत वर्ष एक अर्व ७३ करोड ३३ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले १ अर्व ३१ करोड १ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।Rastriya_Banijya_Bank
त्यसैगरी बैंकले १ खर्व ७ अर्व २६ करोड ९९ लाख ४२ हजार निक्षेप संकलन गरेको थियो भने ६० अर्व ८५ करोड ४८ लाख ४९ हजार रुपैयाँ कर्जा सापट दिएको छ । बैंकको चुक्तापुँजी ८ र्अ ५८ करोड ८९ लाख ७२ हजार रुपैयाँ रहेको छ । बैंकले निष्कृय कर्जा निष्कृय कर्जा ३.९५ प्रतिशतमा झारेको छ अघिल्लो आर्थिक वर्षको अन्त्यमा निष्कृय कर्जा ५.३२ प्रतिशत रहेको थियो ।

त्यसैगरी नेपाल बैंकको खुद नाफा गत आर्थिक वर्षमा ५६ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ७९ करोड १५ लाख रुपैयाँ रहेको थियो ।nepal bank

बैंकको सञ्चालन मुनाफा २ गुनाभन्दा बढीले बढेको छ । बैंकको जोखिमपूर्ण कर्जा ४.७४ प्रतिशत, प्रतिशेयर आम्दानी ३१ रुपैयाँ १७ पैसा, मूल्य आम्दानी अनुपात १४.७३ गुना, प्रतिशेयर नेटवर्थ ३४ रुपैयाँ ४६ पैसा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ