वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नक्सालमा नयाँ डिजिटल स्टोर,नेपालको सवैभन्दा ठूलो स्टोर भएको कम्पनीको दावी

अर्थटुडे
२०७१ भाद्र २, सोमबार

काठमाडौं । नेपालको सवैभन्दा ठूलो डिजिटल स्टोर नयाँ डिजिटल तथा कन्जुमर इलेक्ट्रोनिक्स स्टोर स्थापना भएको छ । सिजी इलेक्ट्रोनिक्सद्धारा स्थापना गरिएको सो स्टोर नक्सालमा रहेको छ। चौधरी समुहका अध्यक्ष विनोद चौधरीले स्टोर उद्घाटन गरे।CG

स्टोरमा अडियो भिजुअल, साना–ठुला होम अप्लाइन्सेस लगायत सबै खाले कन्जुमर इलेक्ट्रोनिक्स ब्रान्ड उपलब्ध छन्। नक्सालमा खोलिएको सिजी इलेक्ट्रोनिक्सको पाचौँ आउटलेट हो। एलजी, सिजी, तोसिबा, गोद्रेज, टिसिएल, केल्भिनेटर, केन्ट तथा रिको लगायत सबै इलेक्ट्रोनिक्स उपकरण स्टोरमा बिक्रीका लागि राखेको कम्पनीले जनाएको छ।

त्यस बाहेक एलजी, सामसुङ, लाभा, जोलो, इन्टेक्स, माइक्रोम्याक्स, नोकिया, कार्बन, कलर्स लगायतका मोवाइल फोन पनि त्यहाँ उपलब्ध छन्। स्टोर सातै दिन विहान १० देखि राती साढे आठ बजे सम्म खुल्ने तथा सिजीडिजीटल डट कम मार्फत स्टोरबारे २४ सै घण्टा जानकारी लिन सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ