वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दुरसञ्चार प्राधिकरणको २ अर्व बाणिज्य बैंकमा, पैसा लिने बैंकले प्राधिकरणलाई वित्तिय विवरण बुझाउनुपर्ने

अर्थटुडे
२०७१ भाद्र २, सोमबार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आफूसँग भएको साढे दुई अर्ब रुपैयाँँ एक वर्षका लागि बाणिज्य बैंकहरुमा मात्र राख्ने भएको छ। dursanchar pradhikaranसो रकम राख्नका लागि भने प्राधिकरणले सर्तहरु राखेको छ । उसले भनेको छ,राष्ट्र बैंकले तोकेको पुँजी पर्याप्तता अनुपात भएको र पाँच प्रतिशतभन्दा कम खराब कर्जा भएको बैंकहरुमा पैसा राखिने छ ।

पैसा लिनका लागि बैंकहरुले कर्जा निक्षेप अनुपात, खुद तरलता अनुपात र बैधानिक तरलताको अनुपात प्राधिकरणलाई बुझाउनुपर्ने हुन्छ । बैंकहरुले यो पैसा लिनका लागि आफूले दिनसक्ने ब्याज तोकेर प्रस्ताब राख्नु पर्ने हुन्छ।
अहिले बाणिज्य बैंकहरुले संस्थागत निक्षेपमा साढेपाँच प्रतिशतसम्म व्याज दिएका छन् । यो उनीहरुले दिएको सवैभन्दा बढी व्याज हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ