वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निगमलाई मासिक झण्डै २ करोड नाफा हुने

अर्थटुडे
२०७१ भाद्र २, सोमबार

काठमाडौं । नेपाल आयल निगमको मासिक घाटा अव करिव २ करोड घट्ने भएको छ । भारतीय आयल निगम (आइओसी)ले पछिल्लो समयमा पठाएको मुल्य सुचि अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्दा मासिक एक करोड ८६ लाख रुपैयाँ घाटा कम हुने छ ।nepal aayal nigam

सो रकम बराबरको घाटा कम हुदा निगमले अव मासिक २७ करोड २० लाख रुपैयाँ मात्र घाटा व्याहोर्नुपर्ने छ । आइओसीले यस अघि अगस्ट १ मा पठाएको मुल्य सुचि अनुरुप कारोबार गर्दा मासिक निगमले मासिक २९ करोड रुपैयाँ घाटा व्यहोर्नु परेको थियो । भारतको स्वतन्त्रता दिवसको अवसरमा स्थानीय बजारमा पेट्रेलको मुल्य कटौति गरेसँगै आइओसीले नेपाललाई पनि राहत दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ