वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन बैंकले १ अर्व १० करोड कमायो

अर्थटुडे
२०७१ भाद्र ३, मंगलवार

काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ष २०७० ७१ मा १ अर्व १० करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा यो १६ करोड रुपैयाँ धेरै हो । बैंकले अघिल्लो आवमा ९४ करोड ३६ लाख रुपैयाँ नाफा गरेको थियो ।

himalayan-bank-limited-job-vacancy
बैंकले मंगलबार प्रकाशित गरेको अपस्किृत वित्तीय विवरण अनुसार २०७१ असार मसान्तसम्म ६४ अर्व ६७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४६ अर्व ४४ करोड कर्जा लगानी गरेको छ । २०७० असारसम्ममा बैंकले ५३ अर्व ७ करोड निक्षेप संकलन गरी ४१ अर्व ५ करोड कर्जा लगानी गरेको छ ।

२ अर्व ८९ करोड पुँजी रहेको बैंकको रिजर्भमा ३ अर्व ५० करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ