वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुविधा बढाउन माग गर्दै धितोपत्र बोर्डका कर्मचारी आन्दोलनमा, धर्नादेखि पेन डाउनको घोषणा

अर्थटुडे
२०७१ भाद्र ३, मंगलवार

काठमाडौं । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका कर्मचारीरु सेवा सुविधा बढाउन माग गर्दै आन्दोलनमा उत्रिएका छन् । कर्मचारीको आन्दोलनमा कारण बोर्डको काम प्रभावित हुन थालेको छ ।dhitopatra-board211

कर्मचारी युनियनले बोर्ड व्यवस्थापनसँग बारम्बार वार्ता गरेपनि सहमति हुन नसकेकाले दवावस्वरुप आन्दोलनमा उत्रिएको बताएको छ । आफ्ना माँग पुरा नभएसम्म धर्ना, पेन डाउनलगायतका विरोध कार्यक्रम गरी अध्यक्ष राजु जिसीले बताए ।
युनियनले विगतमा कर्मचारीसँग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने, सवारी साधनको प्रयोग, वैदेशिक भ्रमण तथा तालिम र कर्मचारी सुरक्षण कोष तथा कल्याणकारी कोषको माग राख्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ