काठमाडौं । नेपाल अटो मोबाइल डिलर्स एसोसिएसनको आयोजनामा भदौ १८ गतेदेखि राजधानीमा गाडी प्रदर्शनी गर्ने भएको । भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो मा १२ ब्राण्डका चार पाङगे्र र र ११ वटा ब्राण्का दुई पाग्रे सवारी साधनहरुले सहभागिता जनाउनेछन् ।
विभिन्न १० वटा कम्पनीले सहभागिता जनाउने मेलामा एक सयवटा स्टलहरु रहनेछन् । उक्त शोमा डाइहाट्सु, फियट, फोर्ड, होण्डा, हुण्डाई, किया, निसान, स्कोडा, सुजुकी, टाटा, टोयोटा, भल्र्सवागेन, बजाज, हिरो, केटिएम, महिन्द्रा, रोयल, इनफिल्ड, टेरा मोटर्स, टिभिएस, युएम बाइक र यामाहाको सहभागिता रहने जनाएको छ ।
अटो शोमा ५० हजारले अवलोकन गर्ने पूर्वानुमान गरिएको छ भने करिब एक अर्बको आथिर्क कारोबार हुने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया