वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआरएन भवनका लागि अमेरिकाबाट २१ लाख सहयोग

अर्थटुडे
२०७१ भाद्र ३, मंगलवार

काठमाडौं । नेपालमा गैर आवासीय नेपाली संघ (एनआरएन) को भवन निर्माणका लागी अमेरिकाबाट २१ लाख रुपैयाँ सहयोग जुटेको छ । एनआरएन आईसीसीका अध्यक्ष शेष घलेको भ्रमणका क्रममा उक्त रकम संकलन भएको हो ।

NRNनेपालमा एनआरएन भवन निर्माणका लागि भन्दै फण्ड रेज अभियान शुरु गरीएको छ । यो अभियान अन्तरगत अमेरिकाबाट मात्र एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष लोक तिवारीले जानकारी दिए ।

अभियानबाट जुटेको रकमले नेपालमा एनआरएनको अत्याधुनिक भवन बनाइने एनआरएनले लक्ष्य राखेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ