वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक अर्व भन्दा माथि नाफा कमाउने बैंकहरु कुन कुन ?  

अर्थटुडे
२०७१ भाद्र ३, मंगलवार
  • अर्व माथि नाफा कमाएपनि एभरेष्टले नगद लाभांस दिन नपाउने

काठमाडौं । आर्थिक वर्ष २०७०\७१ मा 9 वटा बैंकहरुले एक अर्व रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । मंगलबारसम्म वित्तीय विवरण प्रकाशित गरेका बैंक तथा वित्तीय संस्थामध्ये ९ वटा बाणिज्य बैंक र एक विकास बैंकले एक अर्व माथी नाफा गरेका छन् । त्यसमध्ये सवैभन्दा बढी कमाउनेमा नविल बैंक रहेको छ । नविलले गत आवमा २ अर्व ३२ करोड रुपैयाँ कमाएको छ ।10401538_592574524173702_406478557825635678_n

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्व ९५ करोड रुपैयाँ, राष्ट्रिय बाणिज्य बैंकले १ अर्व ७३ करोड, एभरेष्ट बैंकले १ अर्व ५४ करोड  र स्ट्यान्डर्ड चार्टर बैंकले १ अर्व ३७ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

त्यसैगरी कृषि विकास बैंकले १ अर्व ५० करोड नेपाल बैंक लिमिटेडले १ अर्व २३ करोड, हिमालयन बैंकले १ अर्व १० करोड र ग्लोवल आइएमई बैंकले १अर्व ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । ९ वटा बाणिज्य बैंकहरुले १ अर्व भन्दा बढीको खुद नाफा कमाएपछि बैंकमा काम गर्ने कर्मचारीहरुलाई पनि बोनस आउने छ । 

“बैंकको नाफा बढ्दा हामीलाई पनि निक्कै खुसी लाग्छ बोनस पाइन्छ” हिमालयन बैंकका सौरभ आचार्यले भने, “त्यसैले हामी बैकको नाफा बढाउनका लागि बर्षभरी मेहनत गरेर काम गर्छौ ।”

बैंकहरुले खुद नाफाको १० प्रतिशत सम्म कर्मचारीहरुलाई बाड्ने गर्दछन् भने बैंकको अवस्था हेरेर लगानीकर्ताहरुलाई लाभांस बाड्ने गर्दछन् ।

यसवर्ष एभरेष्ट बैंकले १ अर्व रुपैयाँ भन्दा माथि कमाए पनि नगद लाभांस भने बाड्न पाउँदैन । बैंकले अझै पनि चुक्तापुँजी २ अर्व नपुर्याएकोले उसले नगद लाभांस बाड्न नपाउने भएको हो ।

यसैगरी यसपटक सरकारी स्वामित्व रहेको एनआईडिसी डेभलममेन्ट बैंकले १ अर्व ३ करोड रुपैयाँ नाफा गरेको छ । बैंक विकास बैक समूहबाट एक अर्व नाफा कमाउने पहिलो बैंक बनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ