वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फस्टाउदै पुष्प व्यवसाय, वार्षिक सवा अर्व रुपैयाँ बराबर फूलको कारोबार

अर्थटुडे
२०७१ भाद्र ४, बुधबार

काठमाडौं । सुखः होस् या दुखः, सम्मान या उपहार होस् वा सजावट । सबैका लागि फूलको प्रयोग दिनदिनै बढ्दो छ । हरेक काममा फूलको प्रयोग गर्ने प्रचलन बढ्दै गएपछि पछिल्लो समयमा नेपालमा पुष्प व्यवसाय फस्टाउदै गएको छ । फूलको प्रयोग बढ्दै गएपछि स्वदेशमा उत्पादित मात्र वार्षिक सवा अर्व रुपैयाँभन्दा बढीको कारोबार हुन थालेको छ ।

flower

पुष्प व्यवसायीहरुको छाता संगठन नेपाल फ्लोरीकल्चर एसोशिएन (फ्यान)का अनुसार नेपालमा उत्पादित फूलको मात्र वार्षिक रुपमा १ अर्व १५ करोड ५७ लाखको कारोबार भइरहेको छ । एसोशिएसनका अध्यक्ष लोकनाथ गैरेका अनुसार हाल ३८ जिल्लाका १३७ हेक्टर क्षेत्रफलमा पुष्प खेती भइरहेको छ । जसमा ६ सय ५० पुष्प फार्महरु दर्ता भइ ४१ हजार भन्दा बढि ब्यक्तिहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाइरहेको उनले जानकारी दिए ।

फ्यानका अनुसार हाल सिजनल बिरुवातर्फ १९ करोड ५४ लाख आलंकारिक बोटबिरुवातर्फ ३७ करोड १५ लाख, कट फ्लावरतर्फ १८ करोड ४२ लाख, ल्याण्डस्केप तथा गार्डेनिङ तर्फ १४ करोड ४५ लाख, खुल्ला फूल तर्फ ६ करोड ४ करोड र अन्य कार्पेट ग्रास, बल्ब, राइजिङ ट्युबर टिस्युकल्चर तर्फ ७ लाख ५० हजारको कारोबार भइरहेको छ । यसैगरी वार्षिक ३ करोड ५ लाखको फूल निर्यात भइरहेको फ्यानको बुधबार राजधानीमा भएको २२ औं साधारण सभामा जानकारी दिइयो ।

FAN

कार्यक्रममा बोल्दै कृषि बिकास मन्त्रालयका कृषि अर्थ बिज्ञ सुनिल कुमार सिंहले फ्लोरिकल्चर क्षेत्रको बिकास सरकारको प्राथमिकतामा रहेको बताए । पुष्प प्रवद्र्धन नीति अन्तर्गतका कार्यक्रमका लागि ४ करोड रुपैयाँ
बजेटको विनियोजन गरिएको उनले जानकारी दिए ।

यसैगरी नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पुष्प क्षेत्रको प्रमुख समस्याका रुपमा रहेका कर, बित्तिय क्षेत्रको लगानी र सरकारी नीती नियमका अप्ठेराहरु लगायतका बिषयहरु सुल्झाउन महासंघले सरकारसँग लबिङ गर्ने बताए ।

कृषि विकास मन्त्रालयका सहसचिब तथा प्याक्ट निर्देशक योगेन्द्र कुमार कार्कीले फ्लोरिकल्चरको सम्बन्ध आर्थिक, सामाजिक, साँस्कृतिक, सौन्दर्य तथा स्वास्थ्य सँग जोडिएको कारणले गर्दा प्याक्ट मार्फत यो क्षेत्रलाई विशेष प्राथमिकता दिँदै चोभारमा फ्लोरिकल्चरको होलसेल मार्केट बनाउन पहल भइरहेको जानकारी दिए ।

फ्यानका अध्यक्ष गैरेले कृषिमा भ्याट नलाग्ने भनिएपनि सरकारी निकायमा बिट गर्ने अबस्थामा अनिबार्य भ्याटमा दर्ता भएको हुनुपर्ने नियमका कारण बनेको दोहोरो नीतीका कारण अप्ठेरो अबस्था सृजना भएको बताए । एशोसियसन नेपालले हरेक बर्ष अन्तर्राट्रिय मेला, गोदावरी मेला र लालुपाते मेलाको आयोजना गर्दै आएको छ भने भारत, चीन र युरोपका केहि देशहरुमा हुने मेलाहरुमा समेत सहभागिता जनाउँदै आएको उनले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ