वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

करिव डेढ महिनापछि हजारमुनी झर्यो नेप्से, लगानीकर्ताहरु डुव्ने त्रासमा

अर्थटुडे
२०७१ भाद्र ४, बुधबार

काठमाडौं । नेप्से परिसूचक करिव डेढ महिनापछि बुधबार एकहजार मुनी ओर्लिएको छ । बुधबार नेप्से परिसुचक १७.९१ अंकले तल झदै ९९५.९१ अंकमा आइपुगेको छ । करिव डेढ महिनाको अवधिमा नेप्से एक हजार ८३ सम्म पुगेर तल ओर्लिएको छ । यसरी नेप्से एक्कासी ओर्लिएपछि बजार बढ्दा सेयर किन्नेहरुको लगानी भने डुव्ने पक्का भएको छ ।nepal stock exchange

सेयरबजार बढ्छ भनेर हामीले सेयर किन्यौ मैले बजार बढ्दा विभिन्न कम्प्नीको सेयर किने तर अहिले घट्न थाल्यो डुव्ने हो की ? भनेर पीर लागिरहेको छ, किसन राईले अर्थसंसारसँग भने । सेयरबजार विश्लेषकहरुका अनुसार नेप्से अझै घट्ने छ जसले धेरै सर्वसाधरण लगानीकताहरुको लगानी डुव्ने छ ।
सेयरबजारका ठूला खेलाडीहरुले हल्ला गरेको भरमा सेयरबजार ह्वात्तै बढेको बेला सर्वसाधरणले केही नबुझी लगानी गरेको भन्दै उनीहरु अव पछुताउने बेला आएको दावी गर्छन ।
बुधबार समुहगत परिसुचकहरु पनि ओरालो लागेको छ । बुधबार बैकिड. समुहको परिसुचक १८.६ अंकले घटेर ८९६.९७ अंकमा झरेको छ । त्यसैगरी विकास बैंक,होटल, जलविद्युत, फाइनान्स र विमा समूहको नेप्से पनि घटेको छ ।
बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार ५५ करोड बराबरको कारोबार भएको सेयर बजारमा बुधबार ५१ करोड १६ लाख रुपैयाँ बराबरको ९ लाख ९९ कित्ता सेयर खरिद विक्रि भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ