वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजार करिव ३ अंकले सुधार, कारोबार रकम पनि बढ्यो

अर्थटुडे
२०७१ भाद्र ५, बिहीबार

काठमाडौं । विहिबार सेयर बजार परिसुचक (नेप्से)  करिव ३ अंकले बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको सर्कुलरका कारण बजार घट्न आकलन गरिएपनि अन्तिम समयम बजार उकालो लागेको छ ।

nepse cart


बजारमा कारोबार सुरु हुदा नेप्से ओरालो लागेको थियो । त्यसको आधा घण्टापछि नै बढ्न थालेको बजार सुचक अन्तिममा २.४२ अंकल वृद्वी भई ९९८.१३ अंकमा पुगेको छ । बुधबार बजार परिसुचक करिव १८ अंकले गिरावट आई ९९५.९१ अंकमा झरेको थियो ।

विहिबार बैंकिङ, फाइनान्स कम्पनी र उत्पादनमुलक समूहमात्र बढ्यो भने बाकी सबै समूहगत परिसुचक ओरालो लाग्यो ।

यसैगरी विहिबार कारोबार रकम पनि बढेको छ । बुधबार ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा विहिबार ६३ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ