वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निक्षेप सङ्ग्रहकर्ता (डिपी)मा खाता खोल्न नेप्सेद्धारा आग्रह

अर्थटुडे
२०७१ भाद्र ६, शुक्रबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनी र सेयर कारोबार गर्ने व्यक्तिगत तथा संस्थागत लागनीकर्तालाइ निक्षेप सङ्ग्रहकर्ता (डिपी)मा खाता खोल्न नेप्सेले आह्वान गरेको छ । nepal stock exchange

नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी), ब्रोकर एसोसिएन र नेपाल इन्भेस्टर फोरमले आगामी कात्तिक २ गतेभित्र सबै सेयरको अभौतिकीकरण कारोबारमात्र हुने भएकाले डिपी खाता खोल्ने अनुमति पाएका कम्पनीमा गएर त्यस्तो खाता खोल्न भनिएको हो ।

धितोपत्र बोर्डबाट अनुमति लिएर सिडिएससीबाट डिपी खाताका लागि ‘लाइसेन्स’ लिएका १० वटा कम्पनीमात्र छन् । अन्य कम्पनी तथा ब्रोकरले पनि यस्तो अनुमति लिन सक्ने जानाइएको छ । सिभिल क्यापिटल मार्केट, एस क्यापिटल, स्टक मेनेजमेन्ट एन्ड डिपी लिमिटेड, नबिल इन्भेस्टमेन्ट बैंकिङ, एनआइबिएल क्यापिटल मार्केट, लक्ष्मी क्यापिटल लिमिटेड, एभरेस्ट बैंक, सिद्धार्थ क्यापिटल लिमिटेड, एनएमबी क्यापिटल र बैंक अफ काठमाडौँले डिपी खाता खोल्न अनुमति पाएका हुन् ।

सिडिएससीका अनुसार ६५० लगानीकर्ताले त्यस्तो खाता खोलेका छन् भने एक लाख ७९ हजार ८१५ वटा सेयर त्यस्तो खाताबाट कारोबार हुन थालेको छ । नेप्सेका अनुसार हालसम्म १५ लाख लगानीकर्ता भएको अनुमान गरिएको छ ।

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष राजकुमार लिमिल्सिनाले २३५ वटा कम्पनी सिडिएससीमा गएको ३५ दिनभित्र सबै लगानीकर्ताको डिपी खाता हुने उल्लेख गर्दै पहिला कम्पनी गएपछि स्वतरूपमा लगानीकर्ता जाने बताए ।

लगानीकर्ताले सेयर अभौतिकरण गरी डिपीमार्फत कारोबार गरेमा पहिलेको तुलनामा चाँडो सेयरको स्वामित्व ग्रहण गर्न सक्छन् । लगानीकर्ताका अनुसार कागजीरूपमा कारोबार गर्दा सेयरको स्वामित्व लिन १५ दिनसम्म लाग्ने गरेको छ ।

नेप्सेका सहप्रवक्ता मुराहरि पराजुलीले लगानीकर्ताको लगानी सुरक्षित गर्नका लागि सेयरको अभौतिकरण गर्नुपर्नेमा जोड दिँदै छिटो छरितोरूपमा सेयर कारोबार गर्न लगानीकर्तालाई आह्वान गरे ।       लगानीकर्ताको पहिचान, पारदर्शी कारोबार र कारोबारमा तीव्रता आउने भएकाले पनि डिपीमा गएर खाता खोलेर सेयर कारोबार गर्नुपर्नेमा सबै निकायले अनुरोध गरेको उहाँले स्पष्ट पारे ।

नेपाल स्टक ब्रोकर एसोसियसनका अध्यक्ष नरेन्द्र सिजापतिले लगानीकर्ताबाट अभौतिकीकरण सेयर खरिद बिक्री आदेशको प्रतिक्षामा रहेको बताए । उनले डिबीमार्फत कारोबार गर्दा सबैका लागि हित हुने भएकाले लगानीकर्तालाई त्यस विषयमा गम्भीर हुन आग्रह गरेको बताए ।

नेप्सेमा कुल २३५ कम्पनी सूचीकृत छन् । सिडिएससीमा २० कम्पनी दर्ता भएका छन् भने ५६ कम्पनी दर्ता प्रक्रियामा रहेका गरी ७६ सिडिएससीमा आबद्ध भएका छन् । बाँकी कम्पनी तथा लाखौँ लगानीकर्ताले त्यस्तो खाता खोलेका छैनन् ।

नेप्से र सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सूचीकृत कम्पनीलाई सिडिएससीमार्फत सेयर कारोबार गराउन प्रयास गरेको भएपनि कार्यान्वयन नभएपछि नेप्सेले सूचीकृत कम्पनीले सिडिएससीमा जानै पर्ने बाध्यकारी कानुन भएकाले अटेर गरे भने ती कम्पनीको सेयर कारोबार रोक्का गर्नेदेखि लिएर सूचीकरणबाट नाम हटाउनेसम्मको कारबाही हुने चेतावनी दिइसकेको छ ।  रासस

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ