वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अवैधानिक महाधिवेशन मान्य छैन्: नेपाल ह्योल्मो समाज सेवा संघ

अर्थटुडे
२०७१ भाद्र ६, शुक्रबार

काठमाडौं । नेपाल ह्योल्मो समाज सेवा संघमा विवाद उत्पन्न भएपछि संस्थापन पक्षले राष्ट्रिय भेलाको आह्वान गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै संघले अध्यक्ष छावा गिर्मी ह्योल्मोले बहुमत कार्यसमितिलाई कुनै किसिमको जानकारी नगराई एकलौटी रुपमा जातीय एकताको नाममा विधान विपरित कार्य गरेको भन्दै राष्ट्रिय भेलाको आह्वान गरेको हो ।NN1
कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष किन्जो योमु ह्योल्मोले तेस्रो महाधिवेशनबाट चयन भएका अध्यक्ष छावा गिर्मी लामाले बहुमत सदस्यहरुलाई गुमराहमा राखी एकलौटी ढंगले विभिन्न निर्णयहरु गर्ने गरेको र पटक–पटक बैठक बोलाउन आग्रह गर्दा पनि कुनै सुनुवाई नगरी यही भाद्र ८ गते चितवनमा अवैधानिक राष्ट्रिय महाधिवेशनको आयोजना गर्न लागेको भन्दै आफूहरु बाध्य भएर उपाध्यक्षको अध्यक्षमा बैठक बसी नेपाल राज्य भरिका सम्पूर्ण ह्योल्मो आदिवासीहरुको समावेशिता हुनेगरि सोही मितिमै नेपाल ह्योल्मो समाज सेवा संघले पनि राष्ट्रिय भेलाको आयोजना गर्ने जानकारी दिएका छन् ।
उनले भने – २०५४ असार २३ गते तत्कालिन सरकारले आदिवासीहरुको पहिचान गर्दा ह्याल्मो आदिवासी जनजातीलाई ६१ औं स्थानमा सूचिकृत गरि जिल्ला प्रशासन कार्यालय काठमाडौमा जातीय संगठनको रुपमा दर्ता गरिएकोृ जानकारी गराएको थियो । उनले पछि संस्थाको नाममा विपक्षी योल्मोपाहरुले जिल्ला प्रशासनलाई नै प्रभावमा पारी नामनै परिवर्तन गरेको पनि बताए ।
उनले थपे –हाम्रो संस्थाको नाम परिवर्तन गराएकोमा हामीले २०६५ मा योल्मोपाहरुको विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर गरेका थियौ पछि २०६७ सालमा सम्मानित अदालतबाट कथित नेपाल योल्मो समाज सेवा संघ खारेज गर्दै पूर्ववत नेपाल ह्योल्मो समाज सेवा संघलाई नै आधिकारिक रुपमा काम गर्ने गरि परमादेश जारी गरेको थियो । । त्यस यता हामी विधिवत रुपमा काम गर्दै आईरहेका छौ तर अहिले अध्यक्ष छावा गिर्मी ह्योल्मोले जातीय एकताको नाममा संघको अस्तित्व नै समाप्त पार्र्ने काम गरेको छ, त्यो हामीलाई मान्य हुनेछैन् ।
उनले नेपाल ह्योल्मो समाज सेवा संघ कसैको प्राईभेट कम्पनी नभएको भन्दै सम्पूर्ण तीन लाख भन्दा बढी सदस्यहरुले प्रतिनिधित्व गर्ने साझा जातीय संगठन भएकाले कोही एक व्यक्तिको अराजकता आफूहरुलाई मान्य नहुने समेत चेतावनी दिएका छन् ।
नेपाल ह्योल्मो समाज सेवा संघले यही भाद्र ८ गते नेपाल ह्योल्मो समाज सेवा केन्द्रस्थित् बौद्ध तीन चुलीमा “ह्योल्मो हाम्रो पहिचान, हाम्रो अधिकार ” भन्ने मूल नाराका साथ राष्ट्रिय भेलाको आयोजना गरेको पनि जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ