वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यही १२ गते देखि हुन लागेको मोवाइल एक्सपो स्थागित

अर्थटुडे
२०७१ भाद्र ७, शनिबार

काठमाडौं । यही १२ गतेदेखि सुरु हुने भनिएको मोवाइल एक्सपो नहुने भएको छ ।
न्यू मोबाइल मार्केट समूह र सिभिल ट्रेड सेन्टर (सिटिसी) मल बीच विवाद उत्पन्न भएपछि १२ गतेदेखि हुन लागेको मोबाइल एक्स्पो केही समयको लागि रोकिएको हो । 10401538_592574524173702_406478557825635678_n
सिटिसीले आफ्नो भवनको तेस्रो तलामा न्यू मोबाइल मार्केट समूह भन्दा अर्कै समूहलाई मोबाइल पसल सञ्चालन गर्न दिएपछि विवाद सुरु भएको हो । सिटिसीले चौथो र पाँचौ तलामा न्यू मोबाइल मार्केटलाई दिए पछि अरु फ्ल्याटमा मोबाइल पसल खोल्न नदिने सम्झौता भएको थियो ।

सीटीसी भवनको तेसो र चौथो तलामा यही भदौ १२ देखि मोबाइल एक्स्पो आयोजनाको तयारी गरिएको थियो । नेपाली हिन्दू महिलाहरुको तीज पर्वको अवसर पारेर भदौ १२ देखि २१ गतेदेखि एक्स्पो गर्न लागिएको थियो । एक्स्पोमा उपभोक्ताहरुलाई ७ देखि ७० प्रतिशतसम्म छुट दिइने बताइएको थियो ।

एक्स्पोमा सामसुङ, सोनी, नोकिया, एलजी, कलर्स, कार्बन, बिक्यु, लेनेभो, अल्काटेल, आइफोन, स्पाइस, यसुदा, मोटोरोला, एचटिसी, जी फाइभ, एचटिसी, फ्लाइ, इन्टेक्स र वीम्पकम लगायतका कम्पनीबाट उत्पादित मोबाइलको एक्स्पो हुँदै थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ