वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

२७ अर्व रुपैयाँ ऋण लिएर कुलेखानी हेटौडा सुरुङ मार्ग निमार्ण गर्दै पूर्वाधार विकास कम्पनी

अर्थटुडे
२०७१ भाद्र ७, शनिबार

काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनी र तीनवटा क्यानेडियन कम्पनीविच २८ करोड अमेरिकी डलर (करिव २७ अर्व नेपाली रुपैयाँ) बराबरको ऋण लिनेदिने सम्झौता भएको छ । शनिवार पूर्वाधार कम्पनीले कुलेखानी हेटौडा सुरुङ मार्ग निर्माणको लागि क्यानेडियन कम्पनीबाट सो रकम बराबरको ऋण लिनेदिने सम्झौतामा हस्ताक्षर गरेको हो ।IMG_6184

नेपाल पूर्वाधार विकास कम्पनीका तर्फबाट अध्यक्ष कुशकुमार जोशी र इफ्रायाङक्स कर्पोरेसन, सेज ग्लोवल क्यानडा र ग्लोवल फिनान्सियल एसोसिएट्स क्यानडाका प्रतिनिधिविच सो सम्झौता भएको हो । सम्झौता अनुसार नेपाली कम्पनीले यो ऋण १५ वर्षभित्र तिर्नुपर्छ ।

नेपाली कम्पनीले ८ वर्षभित्रमा सो रकम चुक्ता गरिसक्ने लक्ष्य राखेको बताए । सम्झौतामा व्याजदरको विषयमा भने नखुलाइएको कम्पनीले जनाएको छ । सुरुङ मार्ग ५८ किलोमिटर लामो छ । यो मार्ग प्रयोग गरेर हेटौडा पुग्न प्रतिकिलोमिटर ६० किलोमिटर प्रतिघण्टाको दरले सावारीसाधन चलाए मात्रै पनि एक घण्टा भन्दा बढी समय लाग्दैन । अहिले काठमाडौंबाट हेटौडा पुग्न तीनदेखि सात घण्टासम्म लाग्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ