वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनवी इस्योरेन्सले आजदेखि बिमा समितिमा धर्ना दिने

अर्थटुडे
२०७१ भाद्र ८, आईतवार

काठमाडौं । एनबि इस्योरेन्सका कर्मचारीले आज (आईतबार)देखि बिमा समितिमा धर्ना दिने भएका छन् । कारोबार रोक्का भएपछि कम्पनीको अवस्था दयनिय भएको भन्दै उनीहरुले कारोबार पुनः सुचारु गर्न माग गर्दै धर्नामा बस्न लागेका हुन् ।

NB_insurance_logoसर्वसाधारणको लगानी सुर्रिक्षत गर्न र कम्पनीको अस्तित्व बचाउनका लागि दवाव दिन समितिमा धर्ना दिन लागिएको इस्योरेन्सको कर्मचारी संघका अध्यक्ष घमानसिंह लामाले बताए ।

तत्कालिन संचालक समितिले बिमा समितिको निर्णय विपरित काम गरेको भन्दै कारोबार रोक्का गरेको थियो । कम्पनीको कारोबार रोक्का भएपनि कर्मचारीको पारिश्रमिक भुक्तानी र पिडितहरुलाई दावी भुक्तानी गर्दा पुँजीकोष ४ करोड रुपैयाँमा झरेको छ ।

कारोबार रोक्का हुनुअघि कम्पनीको कोषमा १० करोड रुपैयाँ रहेको संघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ