वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दोहोरो अंकले घट्यो नेप्से, आइतबार सातवाट ब्रोकर कम्पनी कारोबारबाट आउट

अर्थटुडे
२०७१ भाद्र ८, आईतवार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको पहिलो दिन नै १२.६८ अंकले घटेर ९८५.४५ अंकमा पुगेको छ । गत साता नेप्से बढ्ने संकेत देखिएपनि साताको पहिलो दिन आइतबार नै नेप्सो दोहोरो अंकले घटेको छ ।

होटल समूहको परिसुचक बाहेक अन्य सम्पुर्ण समुहगत परिसुचक आइतबार घटेको छ । विमा कम्पनीहरुको सेयर मुल्य पनि घट्ने क्रममा रहेको छ । लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, गुराँस लाइफको सेयर मूल्य नौं देखि १० प्रतिशतले घट्यो । त्यस्तै, एशियन इन्स्योरेन्स, सूर्या लाइफ लगायतको सेयर मूल्य पनि पाँच प्रतिशतभन्दा धेरैले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

होटल सोल्टीको मुल्य २४ रुपैयाँले बढेकोले होटल समूहको परिसुचक बढेको हो । आइतबार ३४ करोड नौ लाख रुपैयाँ बराबरको ५ लाख ७३ हजार कित्ता सेयर कारोबार भएको छ ।
आइतबार पनि सात ब्रोकर कम्पनी कारोबारबाट आउट भएका छन । अहिले टी प्लस थ्री डेज ९कारोबार पछिको तीन दिन० भित्र राफसाफ नगर्ने कम्पनीलाई कडाइका साथ आउट गर्न थालिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ