काठमाडौं । बीमा समितिले समितिमा धर्ना दिन पुगेका एनबी इन्स्योरेन्सका कर्मचारीलाई ड्यू डेलिजेन्स अडिट (डीडीए) नआउन्जेलसम्म कुनैपनि आन्दोलन नगर्न आग्रह गरेको छ ।
कम्पनीको अस्तित्व जोगाउन धर्ना गर्नुको विकल्प नरहेको भन्दै बीमा समिति घेराउ गर्न पुगेका कर्मचारीहरुलाई समितिले डिडिए रिपोट नआउन्जेल पर्खनका लागि आग्रह गरेको छ । समितिले कारवाही फुकुवा नगर्दा कम्पनीको अवस्था दयनिय भएको कम्पनीका कर्मचारीहरुले बताएका छन् ।
कारोबार रोक्का भएपछि एनबीका कर्मचारीहरुले तलवसमेत पाएका छैनन् । बीमा समितिको पटक(पटकका निर्देशन नमानेपछि एनबीको ८ महिनाअघि कारोबार रोक्का गरिएको थियो ।
प्रतिक्रिया