वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पूर्व अर्थमन्त्री अधिकारीको आग्रह – ‘अव उत्पादनमुलक क्षेत्रमा जानुहोस्’

अर्थटुडे
२०७१ भाद्र ८, आईतवार

काठमाडौं । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले उत्पादनमुलक क्षेत्रमा जान सहकारीलाई आग्रह गरेका छन् । पाँचतार बचत तथा ऋण सहकारीको साधारणसभामा बोल्दै उनले उत्पादनको काम गरे सहकारीको धेरै सम्भावना रहेको बताए । भारत जयपुरमा रहेको महिला सहकारीले उत्पादन गरेको निच्च पापड विश्व वजारमा छाएको उदाहरण दिदै नेपालको सहकारी पनि उत्पादन क्षेत्रमा जानुपर्ने उनको भनाई थियो ।

“नेपालको सहकारी आन्दोलनपनि अव उत्पादन क्षेत्रमा जान जरुरी छ” अधिकारीले भने, “यो क्षेत्रमा धेरै सम्भावना छ, यसतर्फ आफ्नो ध्यान केन्द्रीत गर्नुहोस् ।”

10617443_10203775162613262_1891233011_nसहकारी आन्दोलन नेपालको माटो सुहाँउदो रहेको भन्दै यसमार्फत नै देशको आर्थिक विकास गर्न सकिने अधिकारीले बताए । सानो सानो पूँजी समेत जम्मा भई उत्पादन क्षेत्रमा लगाउन सकिने, सदस्यमा आधारीत हुने हुँदा स्वनियम र व्यवस्थापन समेत जनता आफैबाट हुन सक्ने भएकाले सहकारी आर्थिक क्षेत्र मजबुत हुने उनले उल्लेख गरे ।

आफू अर्थमन्त्री हुँदा सहकारीलाई प्रसस्त बजेट व्यवस्था गरेको र उच्चतम प्राथमिकतामा राखेको तर अहिलेको सरकारले सहकारीलाई वेवास्ता गर्दै अत्यन्त न्यून बजेट व्यवस्था गरेको अधिकारीले आरोप लगाए । “ म अर्थमन्त्री हुँदा गाँउ–गाँउमा सहकारी पुग्नुपर्छ भनेर पहल गरे, तर अहिलेको सरकारले यसलाई बुझ्न सकेको छैन ।” उनले भने । १५ प्रतिशत मानिस रोजगारीका लागि विदेश जाने गरेको २३ प्रतिशत मानिस गरिवीको रेखामुनि रहेको अवस्थामा वचत तथा ऋण सहकारीले पूँजी र रोजगारको क्षेत्रमा उल्लेखनिय योगदान बताए ।

संस्थाका अध्यक्ष भोला नाथ पाठकले राज्यले गलत नीति लिए सम्पुर्ण सहकारी क्षेत्र र त्यसमा लाग्नेहरुको भविश्य अन्धकार हुने भएकाले स्पष्ट नीति लिन आग्रह गरे ।

आर्थिक वर्ष २०७०÷०७१ सम्ममा २ हजार २ सय १८ सेयर सदस्यको संस्थाले ३ करोड ९६ लाख पुँजी संकलन, १३ करोड ४६ लाख निक्षेप संकलन, १५ करोड ५३ लाख कर्जा लगानी संस्थाले ४८ लाख २४ हजार खुद नाफा गरेको साधारणसभामा जानकारी दिइयो । सभाले संस्थाको वार्षिक, लेखापरिक्षण प्रतिवेदनका साथै आव ०७१÷७२ को वार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ