काठमाडौं । ज्येष्ठ नागरिकहरुको सम्मानमा एनएमबी बैंकले बाबुको मुख हेर्ने दिनको अवसरमा “एनएमबी बैंक मान्यजन मुद्दति” मुद्दति खाता संचालनमा ल्याएको छ । ५४ वर्ष वा सोभन्दा माथि उमेरका व्यक्तिहरुले खोल्न सकिने यस मुद्दति खाताले मुलुकका ज्येष्ठ नागरिकहरुलाई अवकाशपछिका आवश्यकता पूर्ति गर्न सघाउने विश्वास बैंकले जनाएको छ ।
योजना अन्तर्गत निक्षेपकर्ताले वार्षिक ७.५ प्रतिशत व्याज पाउने छन् । व्याजको भुक्तानी मासिक रुपमा हुनेछ । न्यूनतम १ लाख रुपैयाँ निक्षेप रकम खातामा आवश्यक पर्दा कर्जा लिन सकिने सुविधा रहेको छ ।
प्रतिक्रिया