वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हाउजिङगका नामबाट रकम ठगी गर्ने गिरोहका नाईके पक्राउ

अर्थटुडे
२०७१ जेष्ठ २२, बिहीबार

काठमाडौँ । हाउजिङगका नामबाट रकम संकलन गरी ठगी गर्ने गिरोहका मुख्य नाईकेलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धा व्युरोले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिनामङगल घर भई रोवियस जि. स्टार विल्डर्स एण्ड डेभलप्मेन्ट प्रा.लि.का संस्थापक तथा मेनेजिङग डाईरेक्टर सुमन श्रेष्ठलाई विहिबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।

श्रेष्ठलाई ठगी मुद्धामा काठमाडौं जिल्ला अदालतले २०७० पुस ११ गते एक वर्ष कैद र एक करोड २ लाख ६० हजार रुपैयाँ जरीवाना असुल उपर गर्न आदेश दिएको थियो ।
श्रेष्ठले ललितपुरको छम्पीमा १४ तलाको दुईवटा भवन निर्माण गरी ३२४ वटा फ्ल्याट बनाउने र सो फ्ल्याटहरु बुकिङगको लागि ८ करोड २१ लाख रुपैयाँ उठाएर उनी फरार भएका थिए । सोही कसुरमा उनका सहयोगी कला पौडेललाई यस अघि नै २०७१ जेठ १३ गते प्रहरीले पक्राउ गरीसकेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ