वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इन्भेष्टमेन्टको बाढी पहिरोपिढितलाई १० लाख, अन्सारीले पनि दिए २ लाख

अर्थटुडे
२०७१ भाद्र ९, सोमबार

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपियाँ प्रदान गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले १० लाख रुपैयाँको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका छन् ।Nepal-Investment-Bank

प्रमुख कार्यकारी अधिकृत पाण्डेले देशमा आइपरेको विपद्को सामना गर्न सरकारलाई सघाउनु कर्पोरेट क्षेत्रको समेत दायित्व भएकोले बैंकले सो सहयोग गरेको कार्यक्रममा बताए । प्रधानमन्त्री कोइरालाले मुलुकमा विपत्ति आइपर्दा सबै नेपाली सरकारको साथमा रही त्यसको समाधान गर्दछन् भन्ने कुरा अहिले सबै क्षेत्रबाट उदारतापूर्वक आएको सहयोगले सिद्ध गरेको बताए।

त्यस्तै सरकारबाट कमर्सियल्ली इम्पोटेन्ट पर्सनको मान्यता पाएका हसन अन्सारीले आफू र आफ्नो परिवारका तर्फबाट २ लाख रुपैयाको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रहने गरी प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ