वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नबिल बैकका कर्मचारी आन्दोलित

अर्थटुडे
२०७१ भाद्र ९, सोमबार

काठमाडौं । विगत लामो समयदेखी विभिन्न ठेकेदार कम्पनी मार्फत नविल बैकमा राखिएका कमर्एचारीले आफुहरु बैककै कर्मचारी हुनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।nabil bank नेपाल राष्ट्रिय कर्मचारी संगठन, नबिल बैंक केन्द्रिय तदर्थ समितिले सोमवार पत्रकार सम्मेलन गर्दै नबिल बैकले आफुहरुले उठाउदै आएका जायज मागहरु पुरा नगरेकाले आन्दोलनमा उत्रनुपरेको बताए ।
संगठनका अध्यक्ष गणेश रानाले भने–बैकले आफूहरुको नाममा बैंकले प्रति व्यक्ति १७÷१८ हजार छुट्टाउछ तर विचौलियाको हिसावले काम गर्ने कम्पनीले हाम्रो आधा रकम खाईदिन्छन् ।

हामी बैकको काम गर्ने तर बैकको स्टाफ हुन किन नपाउने ?
उनले दशकदेखी आफूहरुको उर्जाशील समय, उमेरको श्रम र पशिना यस बैकमा नै बगेको तर बैकको स्थायी कर्मचारी नभएको गुनासो गर्दै स्थायी कर्मचारी हुन पाउनुपर्ने धारणा राखेका छन् । उनले थपे–नियम अनुसार २४० दिन भन्दा बढी काम गरेका कर्मचारीलाई स्थायी गरीनु पर्ने हुन्छ ।

त्यस्तै बैकमा कार्यरत कर्ण गुरुङले कार्यालय सहयोगी म्यासेन्जर स्तरका ९० जना र सहायक टेवुल वर्कर १५० जनाले काम गरेको ११ बर्ष पुग्दा सम्म पनि स्थायी नगरीएको तर आफ्ना मान्छेलाई २ बर्षमा नै प्रक्रिया मिलाएर स्थायी गरीएको आरोप लगाए ।

समितिले व्यवस्थापनले मागको सुनुवाई नगरेसम्म निरन्तर दवामुलक आन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत दिएको छ । उनीहरुको अनुसार १० गते अर्ध नग्न धर्ना, ११ गते शाखा समन्वय, १२ गते उपत्यका शाखा कारोवार रोक्का, १३ गते बैकको र उच्च व्यवस्थापनको गाडी रोक्का सम्मको घोषणा गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ