वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सोमबार ३७.६१ अंकले घट्यो नेप्से, विमा र जलविद्युत समुहका लगानीकर्ताले धेरै गुमाए

अर्थटुडे
२०७१ भाद्र ९, सोमबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सोमबार ३७.६१ अंकले घटेर ९४७.८४ अंकमा पुगेको छ । समूहगत परिसुचक मध्ये विमा समूह सर्वाधिक ओरालो लाग्यो ।nepse

सोमबार समुहगत परिसुचक सवै ओरालो लागेपनि विमा समुहको परिसुचक भने सर्वाधिक ओरालो लाग्यो ।  विमा समुहको परिसुचक २३७.७२ अंकले ओरालो लाग्यो । विमा समूहको परिसुचक ओरालो लागेपछि यसले समग्र नेप्से परिसुचक नै प्रभावित बनायो ।

त्यस्तै जलविद्युत समूहको परिसुचक पनि ओरालो लोको छ । सो समुहको परिसुचक १४०.८१ अंकले ओर्लियो । केही समय अघि यी दुवै परिसुचक ह्वात्तै बढेको थियो । जलविद्युत समूहको नेतृत्वकर्ता चिलिमे हाइड्रोपावरको सेयर मुल्य ह्वात्तै घटेपछि यो समूहको परिसुचक ओरालो लागेको हो । चिलिमे जलविद्युतको सेयर मुल्य प्रतिकित्ता ३९ रुपैयाँको दरले घटेको छ ।

चिलिमे जलविद्युतको सेयर मुल्य प्रतिकित्ता एक सय ३९ रुपैयाँको दरले घट्यो। यो समूहका अधिकांस कम्पनीको सेयर मुल्य पनि घटेको नेपाल स्क एक्सचेन्जले जनाएको छ ।

त्यसैगरी बाणिज्य बैंक परिसुचक ३६.७ अंकले घटेको छ भने डेभलपमेन्ट बैंकको २२.४,होटल समुहको सुचक ९.६३ र फाइनान्स कम्पनीहरुको ७.४ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सोमबार ४४ करोड रुपैयाँ बराबरको ८ लाख ९९ हजार कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ