वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैकर्सले दिए अर्थमन्त्रीलाई २४ बुदे सुझाव

अर्थटुडे
२०७१ जेष्ठ २२, बिहीबार

काठमाडौं। नेपाल बैंकर्स संघले विहिबार अर्थमन्त्री डा.रामरशरण महतलाई भेटी
सरकारलाई चारलाख भन्दा माथिमा मात्र आयकर लगाउनुपर्ने लगायतका २४ बुदे सुझाव दिएको छ । असार १५ गते बजेट ल्याउने तयारी गरिरहेको सरकारलाई आगामी बजेटमा आफ्ना मागहरु प्रयोग गर्नका लागि बैंकर्स संघले सो सुझाव दिएको हो । संघले एक्लो ब्यक्तिका लागि चार लाख र विवाहितका लागि पाँच लाखसम्मको आम्दानीमा आयकर नलगाउन सुझाव दिएको हो ।

download

सरकारले २५ लाख रुपैयाँभन्दा वढीको आम्दानीमा ४० प्रतिशत कर लगाउँदै आएकोमा त्यसलाई पूर्ण रुपमा खारेज गर्नसमेत सरकारलाई सुझाव दिएको छ ।
संघले सुझावमा भनेको छ बैंक तथा वित्तिय संस्थाको करयोग्य आयमा २० प्रतिशतले मात्र कर लगाउनुपर्ने सुझाव दिएको छ । अहिले करयोग्य आयमा सरकारले ३० प्रतिशत का दरले कर लगाइरहेको छ ।

त्यसैगरी संघले बैकिङ क्षेत्रले समग्र अर्थतन्त्रमा पुर्‍याएको कदरस्वरुप कर छुटका सुविधा तथा सहुलियत दिन माग गरेको समेत बताएको छ। संघले प्रवर्द्धन खर्चको छुट सीमा बढाउन र पुँजीगत लाभ कर सीमा बढाउन समेत सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ