वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगानीकर्ताहरुलाई नअत्तालिन सरकारको आग्रह

अर्थटुडे
२०७१ भाद्र १०, मंगलवार

काठमाडौं । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले १ प्रतिशत मात्र सेयरमा लगानी गर्नुपर्ने व्यवस्था गरेपनि सेयरबजारमा दिनहुँ उच्च गिरावट आइरहेको छ । सोमबार बजार २८ अंकले र बुधबार २६ अंकले घट्यो । लगातार सेयर बजार उच्च अंकले घट्न थालिएका लगानीकर्तालाई नआत्तिन सरोकारवालाहरुले आग्रह गरेका छन् । बजारमा उतारचढाव आउनु सामान्य भएकाले यसलाई सामान्य रुपम लिनुपर्ने उनीहरुको भनाई थियो छ । अर्थ मन्त्रालयका सह–सचिव कृष्ण देवकोटाले हालै नेपाल राष्ट्र बैंकले जारी गरेको नियमनका कारण बैंक तथा वित्तीय संस्थाहरुका लगानीकर्ताहरुलाई हतोत्साही नहुनु आग्रह गरेका छन् ।

Stock Market 12

मंगलबार रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा बोल्दै देवकोटाले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय नियमन विभागद्धारा जारी गरिएको परिपत्रबाट लगानीकर्ताहरुलाई नआत्तिन आग्रह गरेका छन् । देबकोटाले अहिले नै साना तथा मझौला लगानीकर्ताहरु अत्तालिए ठूला लगानीकर्ताहरुले फाईदा लुट्ने समेत बताए । देबकोटाले शेयर बजार बचाउन सरकार जहिले पनि सकारात्मक रहेको भन्दै लगानीकर्ताहरुलाई हतोत्तसाहि नबन्न आग्रह गरे ।

त्यस्तै नेपाल सरकारका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले पनि नेपाल राष्ट्र बैंकले जारी गरेको नियमनका कारण लगानी कर्ताहरु अत्तालिन नहुने धारणा राखेका छन् । क्षेत्रीले नियमन जारी गर्दा स्टक मार्केटलाई ध्यानमा राख्नुपर्ने भन्दै अहिले जारी गरिएको परिपत्रबाट लगानीकर्ताहरु हत्तालिनु नहुने बताएका छन् ।

नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष राजकुमार तिमिल्सिनाले धितो पत्र बोर्डको नालायकीपनको कारण अहिलेको शेयर बजार अस्तव्यस्त भएको आरोप लगाएका छन् । तिमिल्सिनाले नेपाल राष्ट्र बैंकले स्टक मार्केटलाई तहसनहस पार्न नयाँ नीति ल्याएको भन्दै लगानी मैत्री नीतिको आवाश्यकत्ता रहेको बताएका छन् । उनले अहिलै नै लगानीकर्ताहरु आत्तिहाल्नुपर्ने अवस्था नभएको समेत बताएका छन् ।

ब्रोकर एशोसियशनका अध्यक्ष नरेन्द्र सिजापतीले पनि नेपाल राष्ट्र बैंकले लगानीकर्ताहरुलाई हतोत्साहित हुने गरी नियमन जारी गर्दा यस्तो समस्या आएको बताएका छन् । उनले अहिलेको नियमन लगानीमैत्री नभएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ