वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र बैंकले भन्यो, हाम्रो निर्देशनका कारण सेयर बजारमा परिवर्तन आएको होइन

अर्थटुडे
२०७१ भाद्र १०, मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले धितोपत्र बजारमा सेयर मुल्यमा आएको परिवर्तनलाई राष्ट्र बैंकको निर्देशनसँग जोडेर समाचार आएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार केन्द्रिय बैंकले प्रेस विज्ञप्ति जारी गर्दै बजारमा सेयरको मुल्यमा आएको परिवर्तनसँग राष्ट्र बैंकको निर्देशनका कारण नभएको स्पष्ट पारेको छ ।nepal rastra bank
केन्द्रिय बैंकले केही समयअघि जारी गरेको निर्देशनले बैंक तथा वित्तीय संस्थाले गर्ने लगानीको लागि पूर्ववत् रुपमा कायम रहेको कुल सीमामा कुनै परिवर्तन नगरेको पनि स्ष्ट पारेको छ ।

प्रेस विज्ञप्तिमा भनेको छ–निर्देशनले कुल लगानी मध्ये दैनिक रुपमा मूल्याङन गरिने व्यापारिक लगानीको प्राथमिक पुँजीको १ प्रतिशतसम्म लगानी गर्न सक्ने सीमा कायम गरेको हो ।

निर्देशन अल्पकालीन लगानी कारोवारलाई व्यवस्थित गर्न ल्याइएको र यस व्यवस्थाले समग्र बैंकिङ प्रणालीलाई थप सुरक्षित बनाउने भएकोले सो निर्देशनलाई सेयरबजारसँग नजोड्न केन्द्रिय बैंकले आग्रह गरेको छ ।

राष्ट्र बैंकले भनेको छ–यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले धितोपत्र विनिमय बजारमा सूचीकृत कुनै एक संगठित संस्थाको शेयर, डिबेञ्चर वा कुनै सामुहिक लगानी कोषमा लगानी गर्दा ठिक अघिल्लो त्रैमासमा कायम प्राथमिक पूँजीको १० प्रतिशतमा नबढ्ने गरी र सबै संगठित संस्थाहरुको शेयर, डिबेञ्चर वा सामुहिक लगानी कोषमा बढीमा आफ्नो प्राथमिक पूँजीको ३० प्रतिशतमा नबढ्ने गरी लगानी गर्न सक्ने व्यवस्था कायमै रहिआएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ