काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुरमा ४६औं शाखा सञ्चालन गरेको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मंगलबार शाखा उद्घाटन गरे ।
कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरू, भोजपुरका उद्योगपति, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूलगायतको उपस्थिति थियो ।
बैंकले आफ्नो शाखा सुरुवात गरेको अवसरमा स्थानिय विद्योेदय उच्च माध्यमिक विद्यालय र जनसेवा निम्न माध्यमिक विद्यालयको पुस्तकालयका लागि पुस्तक खरिद गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।
प्रतिक्रिया