वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विश्वकपका अवसरमा सिजिको योजना, “सिजि लाइभ, चियर अप योर टिम”

अर्थटुडे
२०७१ जेष्ठ २४, शनिबार

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजि इलेक्ट्रोनिक्सले हालै फिफा विश्वकपको अवसर पारेर विभिन्न उपभोक्ता मूखी योजना सहित सिजि एलइडी टिभिको प्रबर्धन गरेको छ । सिजि लाइभ नाम दिइएको यस प्रबर्धन योजनाको मुख्य विशेषता भने कै उपभोक्ताहरुलाई फुटबलको लाइभ मजा सिजि टिभिमा दिनु हो ।

आफ्नो टिमको हौसला बढाउनको लागि “सिजि लाइभ, चियर अप योर टिम” भन्ने नारा लाई अगाडी सारेको छ । त्यसै गरी सिजि इलेक्ट्रोनिक्सले टिभि खरिदमा छुट एवं आकर्षक उपहारको व्यवस्था पनि मिलाएको छ । सिजि एलईडी टिभिको खरिदमा प्राप्त हुने चाँदीको सिक्का तथा डिभिडी समेत पाइने योजना अघि सारेको छ ।
यस योजनामा १४ र १९ इन्च सिजि टिभिको खरिदमा ५ ग्राम चाँदीको सिक्का, २०, २२ र २४ इन्चको खरिदमा १० ग्राम चाँदीको सिक्का, २८ र ३२ इन्चको खरिदमा १५ ग्राम तथा २९ र ४२ इन्चको खरिदमा सिजि डिभिडी सित्तैमा पाइने कम्पनीले जनाएको छ ।
१२ महिनाको वारेन्टि भएको सिजि टिभि, सस्तो एवं सर्व सुविधा सम्पन्न छ । ग्राहहरुको सहजता एवं सुविधालाई ध्यानमा राख्दै विभिन्न बैंकहरु बाट शून्य व्याजदरमा फाइनान्सको व्यवस्था पनि कम्पनीले मिलाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ